Section 21
अस्थायी दर्ताको प्रमाणपत्र
(१) दफा २० बमोजिम कुनै सवारी अस्थायी दर्ता गराउनको लागि कसैको दरखास्त परेमा अधिकार प्राप्त अधिकारीले सो सवारी दफा १९ बमोजिम अस्थायी दर्ता गर्न सकिने अवस्था छ छैन भन्ने कुराको जाँचबुझ गरी त्यस्तो सवारी अस्थायी रूपमा दर्ता गरी अनुसूची –४ बमोजिमको ढाँचामा अस्थायी दर्ताको प्रमाणपत्र दिनु पर्छ ।
(२) अस्थायी दर्ताको प्रमाणपत्रमा सो सवारीमा राख्नु पर्ने नम्बर प्लेटमा अस्थायी समेत लेख्नु पर्ने कुरा जनाउनु पर्छ ।
(३) अस्थायी दर्ताको प्रमाणपत्र एकै पटक वा पटक पटक गरी बढीमा छ महीनासम्म बहाल रहने गरी दिन सकिनेछ ।